मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी, के के कुरामा हुँदैछ निर्णय ?
१२ फाल्गुन २०८१, सोमबार २०:०५

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक केहीबेरअघि मात्र प्रारम्भ भएको हो।
बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ३० मिनेट ढिलो गरी सुरु भएको हो। स्रोतका अनुसार बैठकमा बीमा प्राधिकरणको अध्यक्ष चयन गर्ने र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने विषयमा निर्णय हुन सक्ने सम्भावना छ।













