अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्यानडा र मेक्सिकोमाथि कर लगाउने घोषणा

१३ फाल्गुन २०८१, मंगलवार १३:२६

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानडा र मेक्सिकोमाथि कर लगाउने आफ्नो निर्णय कार्यान्वयनमा जाने घोषणा गरेका छन्। उनले एक महिनासम्म निलम्बित राखिएको आयात कर आगामी महिनादेखि लागू हुने स्पष्ट पारेका छन्, जसले अमेरिकी अर्थतन्त्रमा प्रभाव पार्न सक्ने र मुद्रास्फीति बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

‘हामी ट्यारिफको तालिकाअनुसार अघि बढिरहेका छौं, र यो प्रक्रियाले छिटो गति लिएको छ,” राष्ट्रपति ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसँग ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भने।

ट्रम्पले विशेष रूपमा अमेरिका-मैत्री व्यापार साझेदारहरूमाथि ट्यारिफको आवश्यकता रहेको तर्क गर्दै अन्य देशहरूले अमेरिकी उद्योगलाई हानी पु¥याउने नीति लिएको आरोप लगाए। उनले आयात करले अमेरिकी रोजगारी वृद्धि गर्ने र संघीय बजेट घाटा कम गर्ने दाबी गरे। हाम्रो देश फेरि अत्यधिक तरलता (लिक्विड) हुने र धनी बन्नेछ’ ट्रम्पले भने।

युरोपेली साझेदारहरूसँग सम्बन्ध सुधार गर्न खोजिरहेका फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने अमेरिकासँग व्यापार युद्ध आवश्यक नभएको उल्लेख गरे। फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले ट्रम्पलाई ट्यारिफ नीति परिमार्जन गर्न मनाउने प्रयास गरेको बताए।

‘हामीलाई व्यापार युद्धको आवश्यकता छैन’ म्याक्रोंले भने ‘हामीलाई सँगै समृद्धि बढाउने आवश्यक छ।’

विश्लेषकहरूले ट्रम्प प्रशासनद्वारा प्रस्तावित ट्यारिफ अन्ततः अमेरिकी उपभोक्ताहरू, खुद्रा व्यापारीहरू, र अटो उद्योग जस्ता विश्वव्यापी स्रोतहरूको भर पर्ने व्यवसायहरूले नै बेहोर्नु पर्ने बताइरहेका छन्। ट्रम्पले यसअघि नै स्टिल र एल्युमिनियममा २५% ट्यारिफ लगाइसकेका छन्, जसले उद्योगहरूमा लागत बढाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*