सरकारले २० अर्ब ऋण लिने, यस्ता छन् मन्त्रीपरिषदका १५ निर्णय

१३ फाल्गुन २०८१, मंगलवार १५:४३

काठमाडौं । सरकारले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट करिब २० अर्ब रुपैयाँ (१५० मिलियन अमेरिकी डलर) सहुलियतपूर्ण ऋण लिन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण अन्तर्गत ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’को तेस्रो चरण कार्यान्वयन गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै विश्व बैंकसँग आवश्यक वित्तीय सम्झौता गर्न वार्ता टोलीलाई अख्तियारी दिइएको जानकारी दिए। आगामी संरचना सुधार तथा सडक पुल मर्मतसम्भारलाई प्रभावकारी बनाउने उद्देश्यसहित यो कार्यक्रम अघि बढाइएको सरकारको भनाइ छ।

उक्त ऋण स्वीकृत भएसँगै देशभरका मुख्य पुलहरूको स्तरोन्नति र मर्मतसम्भार सहज हुने अपेक्षा गरिएको छ। सरकारको यो निर्णयले पूर्वाधार विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*