किन पक्राउ परे पशुपति क्षेत्रबाट ७५ जना ?
१४ फाल्गुन २०८१, बुधबार १६:२७

काठमाडौं । प्रहरीले शिवरात्रि मेलाको अवसरमा लागेको भिडमा आपराधिक कार्यमा संलग्न ७५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूला महानगरीय प्रहरी बृत्त गौशाला र जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ । प्रहरीका अनुसार केही गाँजा खाएर हल्ला गर्ने काममा संलग्न छन् । अन्य केहीले शिवरात्रिमा दर्शनका लागि आएका भक्तजनको सिक्रीसहितका सामान लुटपाट गरेको पाइएको छ ।
प्रहरीले पक्राउ परेकाहरूको विगतको आपराधिक रेकर्ड हेरेर मात्रै छाड्ने या थप कारबाही अघि बढाउने निर्णय लिने भएको छ। शिवरात्रिमा सुरक्षाका लागि पशुपति क्षेत्र र आसपासका नाकामा करिब ४ हजार जना सशस्त्र र जनपथ प्रहरीको टोली परिचालन गरिएको छ ।













