उद्योगीहरुलाई प्राधिकरणले तिर्नु भनेको झुठा विवरण सरकारलाई मान्य छैनः ऊर्जामन्त्री खड्का

२३ फाल्गुन २०८१, शुक्रबार १७:५५

काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताएका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघको ६६औँ वार्षिक साधारणसभामा बोल्दै उनले निजी क्षेत्र कमजोर हुँदा सरकार बलियो बन्न नसक्ने उल्लेख गर्दै मुलुकको समृद्धिका लागि सबै क्षेत्र एकसाथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।

रुपन्देहीमा देखिएको ट्रङ्क लाइन र डेडिकेटेड फिडर लाइनसम्बन्धी समस्या उठाउँदै मन्त्री खड्काले उद्योगीलाई वास्तविक उपभोग अनुसारको बिल तिर्नुपर्ने बताए। तथापि, गलत विवरणका आधारमा अनावश्यक महसुल लगाउनु अन्यायपूर्ण भएको उनको भनाइ छ।

‘सरकारी निकायमै बसेर गलत विवरण प्रस्तुत गरिने अनि जनतालाई आर्थिक भार थोपर्ने प्रवृत्ति सह्य हुने छैन,’ मन्त्री खड्काले भने, ‘डेडिकेटेड लाइन प्रयोग नगरेका उद्योगलाई समेत जरिवाना लगाइनु अनुचित हो।’

उनका अनुसार रुपन्देहीका २२ उद्योग यो समस्याले प्रभावित छन्। उनले सरकार वास्तविक उपभोगको आधारमा मात्र शुल्क निर्धारण गर्ने गरी आवश्यक सुधारको पहल गर्ने आश्वासन दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*