चिरख्वा हाइड्रोपावरले बोलायो साधारणसभा

२५ फाल्गुन २०८१, आईतवार १०:१६

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आगामी चैत २० गते छैठौं साधारणसभा बोलाएको छ। कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको हो।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभामा पेश हुनेछ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट लिएको कर्जा अनुमोदन गर्ने र आयोजनाहरू पहिचान गरी उपयुक्त आयोजनामा लगानी गर्ने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

सभा प्रयोजनार्थ कम्पनीले चैत १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा चैत ११ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*