आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रामराज खकुरेल नियुक्त
२६ फाल्गुन २०८१, सोमबार १०:३६

काठामाडौं । आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रामराज खकुरेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन २५ गते बसेको बैठकले खकुरेललाई नियुक्त गरेको हो ।
नवनियुक्त खकुरेल काभ्रपलाञ्चोलक जिल्ला, खरेलथोक वडा न. ८ मा स्थायी ठेगाना भएका व्यक्ति हुन् । उनी वित्तीय क्षेत्रको राम्रो ज्ञान तथा अनुभव भएका व्यक्ति हुन् ।













