बीमितहरु माझ विश्वसनीयता बढाउने गरी काम गर्न अध्यक्ष ओझाको निर्देशन

३१ बैशाख २०८२, बुधबार ०९:४७

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पूर्ण बीमक, कर्मचारी, अभिकर्ता तथा सर्भेयरहरुलाई नागरिकहरुमाझ विश्वसनीयता बढाउने गरी काम गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताहरु माझ विश्वसनियता कायम हुने गरी काम गर्नुपर्ने बताएका हुन् ।

‘आजका दिनमा बीमा क्षेत्रमा हजारौं कमिकमजोरीहरु रहेका छन् । यसलाई एकैचोटी शुन्य बनाउन त सकिदैन, तर विस्तारै कमजोरीहरुलाई हटाउँदै लैजानुपर्छ ।’ अध्यक्ष ओझाले भने । जीवन र निर्जीवन बीमा कम्पनीहरुका बीमा दावी भुक्तानी सम्बन्धि उजुरीहरुलाई क्रमश शुन्यमा पुर्याउदै जाने उनले प्रतिवद्धता जनाएका छन् ।

अध्यक्ष ओझाले भने, ‘जसरी पछिल्लो समय हाम्रो बीमा प्राधिकरणमा उजुरीका चाँङहरु बढीरहेका छन् । यसले के देखाउँछ भन्दा कतै न कतै हामीले सही तरीकाले काम गर्न नसकेको होकी भने प्रश्न खडा गरेको छ ।’

उनले भने, ‘बीमा प्राधिकरणले विभिन्न गाउँपालिकामा पुगेर काम गरीरहेका छौं । यसले पनि हामीलाई बीमाप्रति विश्वसनियता बढाउँन र दायरा विस्तारमा सहयोग पुगीरहेको छ ।’ ‘सरकारको नीति तथा कार्यक्रममा नआएका विषय भन्दा पनि आजको दिनमा आइरहेका विषयहरुलाई कसरी ट्याप गरीरहेका छौं । त्यो कुरा महत्वपूर्ण छ ।’

हामी बीमकहरु सरकारले बाध्यकारी बनाएको बीमा बाहेक कति बाहिर निस्किन सकेका छौं त ? राज्यले बाध्यकारी बनाएको बिजनेशमा मात्र बीमकहरुको प्राथमिकता रहेको उनले गुनासो छ । आम नागरिकहरुलाई संकटमा ऋण लाग्नबाट बीमाले बचाइरहेको बताएको उनको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*