गभर्नर हुने मेरो मान्छे कोही छैनन्, योग्यताका आधारमा नियुक्त हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा योग्यताका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गरिने स्पष्ट पारेका छन्।
पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘राष्ट्रबैकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। काम गर्न सक्ने मान्छे भए देशलाई भइहाल्छ। मेरो मान्छे भन्ने चाहिँदैन। म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन। त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्त्व दिन्छु।’प्रधानमन्त्री ओलीले भने
प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गरे।
एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरू पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनको भनाइ थियो।













