बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

२ जेष्ठ २०८२, शुक्रबार १०:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ८१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*