मन्त्रिपरिषद्को बैठक आज बस्दै, गभर्नर नियुक्त गर्ने सम्भावना

५ जेष्ठ २०८२, सोमबार ११:०१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना रहेको जनाइएको छ ।

यद्यपि, गभर्नर चयनका लागि सिफारिस समितिको बैठक बसेको यो समाचार तयार पार्दासम्म जानकारीमा आएको छैन । क्याबिनेटले गभर्नर चयन गर्नका लागि सिफरिस समितिबाट ३ जनाको नाम जानुपर्ने हुन्छ । मन्त्रिपरिषद् बैंक अघि समितिको बैठक बसेर सिफारिस लैजान सक्ने सम्भावना पनि देखिन्छ ।

यसअघि नै सत्तारुढ प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा एमालेबीच डा।विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको खबरहरु सार्वजनिक भइसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*