स्वास्थ्य बीमाको प्रिमियम पुनरावलोकन गरिने
९ जेष्ठ २०८२, शुक्रबार १३:२८

काठमाडौं । स्वास्थ्य बीमाको प्रिमियम रकम पुनरावलोकन गरिने भएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ मा पुनरावलोकन गर्न भनिएको हो।
प्रतिवेदनमा स्वास्थ्य बीमाको प्रिमयम पुनरावलोकन गर्नुका साथै स्वास्थ्य बीमसँग सम्बन्धित विभिन्न स्किमहरूलाई एकीकृत गर्ने र प्रिमियम बापत सङ्कलित रकम उच्च प्रतिफल दिने क्षेत्रमा लगानी गर्ने भनिएको छ।
यसका लागि अर्थ, स्वास्थ्य तथा जनसंख्या र श्रम, रोजगार तथा सामाजिक सुरक्षा गरी तीनवटा मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ। यसको अनुगमन र सहजीकरण भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ।
यो निर्देशन १ वर्षभित्र लागू गर्न र त्यसलाई निरन्तरता दिन प्रतिवेदनमा सुझाव दिइएको छ।













