तोलामा ७ सयले सस्तियो सुनको भाउ

१२ जेष्ठ २०८२, सोमबार १०:४४

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ७ सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९१ हजार १०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९१ हजार ८०० रूपैयाँका दरले किनबेच भएको थियो।

यता चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो चाँदी प्रतितोला २ हजार ५ रूपैयाँमा किनबेच भएकोमा आज पनि सोही मूल्य कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*