विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टालाई स्थगित

१३ जेष्ठ २०८२, मंगलवार १२:१०

काठामाडौं । विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक आधा घण्टाको लागि स्थगित भएको छ।

बैठक शुरू भएदेखि नै विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर स्वतन्त्र छानबीनमा सहयोग गर्नुपर्ने माग राख्दै बैठक अवरोध गरेका थिए।

विपक्षी दलहरूले स्वतन्त्र छानबीनका लागि उच्चस्तरीय छानबीन आयोग समितिको गठन गर्न माग गरेका छन्।

अवरोधबा बाबजूद सभामुख देवराज घिमिरेले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएका थिए। तर विपक्षी दलले नाराबाजी शुरू गरेपछि आधा घन्टाका लागि बैठक स्थगित गरिएको घोषणा गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*