एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

२ असार २०८२, सोमबार ०७:४६

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका अनुसार विद्यालय तहका शिक्षकहरू आन्दोलनमा उत्रिएपछि उत्तरपुस्तिका परीक्षण प्रक्रिया प्रभावित भएकाले यसपटक नतिजा गत वर्षको तुलनामा ढिलो हुने भएको हो।

अहिले अधिकांश जिल्लाबाट उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको र प्राप्ताङ्क बोर्डको केन्द्रमा आइपुगेकाले ती प्राप्ताङ्क कम्प्युटर प्रणालीमा इन्ट्री गर्ने काम तीव्र गतिमा भइरहेको बोर्डले जनाएको छ।

यसअघि बोर्डले परीक्षा सकिएको तीन महीनाभित्र नतिजा प्रकाशित गर्ने योजना बनाएको थियो। तर नेपाल शिक्षक महासङ्घको आन्दोलन र काठमाडौँ केन्द्रित विरोध प्रदर्शनका कारण उत्तरपुस्तिका परीक्षण झन्डै एक महीनापछि मात्र शुरू भएको थियो।

नतिजा प्रकाशित भएलगत्तै विद्यार्थीहरूले बोर्डको आधिकारिक वेबसाइट र एसएमएस तथा मोबाइल एपमार्फत नतिजा हेर्न सक्ने बोर्डले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*