‘अलविदा’ लेखेर बेपत्ता भएका डाक्टर काठमाडौँको बालाजुमा सकुशल फेला

२ असार २०८२, सोमबार १४:०७

काठमाडौँ । सामाजिक सञ्जालमा ‘अलविदा’ भन्दै सन्देश लेखेर सम्पर्कविहीन बनेका चिकित्सक केशव श्रेष्ठ काठमाडौँको बालाजुस्थित एक होटलबाट सकुशल फेला परेका छन्।

प्रहरीका अनुसार उनी केही समयदेखि बेपत्ता थिए र खोजी अभियान चलाइँदै थियो। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार साँझ उनलाई बालाजुमा फेला पारेको हो।

रामेछाप जिल्ला अस्पतालका पूर्व निमित्त मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. श्रेष्ठले फेसबुकमा विदा सन्देश लेख्दै मोबाइल पनि बन्द गरेका थिए। सामाजिक सञ्जालमार्फत आफूलाई माफ गरिदिन आग्रह गरेका उनीसँग त्यसपछि सम्पर्क हुन नसकेपछि प्रहरीमा सूचना पुगेको थियो।

उनले फेसबुक सन्देशमा १८ महिनासम्म अस्पतालमा काम गर्दा विभिन्न अवरोध आएको र काम गर्न नदिइएको गुनासो गरेका थिए। कामको वातावरण नपाएकै कारण आफू यस्तो अवस्थामा पुगेको पनि संकेत गरेका थिए।

घटना सार्वजनिक भएपछि प्रहरी प्रशासन सक्रिय बनेको थियो। सोही क्रममा खोजी तीव्र पार्दै गएको प्रहरी टोलीले अन्ततः उनलाई बालाजुको एक होटलबाट फेला पार्न सफल भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*