एससीटी–यूपीआई कार्डबाहक ग्राहकलाई मौलाकाली केवलकारमा छुट
३ असार २०८२, मंगलवार १२:०५

काठमाडौं । एससीटी–यूपीआई कार्डबाहक ग्राहकले मौलाकाली केवलकारमा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन्।
एससीटी–यूपीआई कार्ड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले जारी गरेको हो।
मौलाकाली मन्दिर समुन्द्री तहबाट १ हजार ८४१ फिटमाथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित छ। यस मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई केवलकार प्रयोगमा थप सहज होस् भन्ने उद्देश्यले एससीटी र मौलाकाली केवलकारले यो अफर ल्याएको जानकारी दिएको छ।
छुट प्राप्त गर्नका लागि एससीटी–यूपीआई कार्डबाट पीओएस मेशिनमार्फत् टिकट खरीद गर्नु पर्नेछ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ।











