टेलिकमको प्रणाली मर्मतका कारण केही सेवा अस्थायी रुपमा बन्द हुने

३ असार २०८२, मंगलवार १६:४३

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको नियमित मर्मतसम्भारका कारण केही सेवा अस्थायी रुपमा बन्द हुन सक्ने जानकारी दिएको छ। कम्पनीका अनुसार असार ३ गते राति ११ बजेर ५५ मिनेटदेखि करिब १ घण्टासम्म रिचार्ज, ब्यालेन्स सोधपुछ तथा प्याकेज सदस्यता लिनेजस्ता सेवाहरू प्रभावित हुन सक्छन्।

तर, उक्त मर्मत अवधिमा स्वर सेवा, छोटो सन्देश सेवा, इन्टरनेट सेवा तथा इन्टरनेट प्रोटोकल टेलिभिजन सेवा भने यथावत सञ्चालन हुने कम्पनीले जनाएको छ। कम्पनीले यस मर्मत कार्यका क्रममा ग्राहकवर्गमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*