प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच बालुवाटारमा भेटवार्ता

४ असार २०८२, बुधबार १२:२५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटभार्वा भएको छ ।
मंगलबार साझ पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा करिव एक घण्टाभन्दा लामो समय कुराकानी भएको थियो ।

ओलीकै प्रस्तावमा दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारी र प्रधानमन्त्री ओलीबीचको सम्बन्धमा पछिल्लो सयम तिक्तता आएको सार्वजनिक टिप्पणी भइरहेका बेला भएको यो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भेटमा राष्ट्रपति भण्डारी र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ। भेटमा भण्डारीले हालै भएको आफ्नो चीन भ्रमणका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी छन्।

विद्या भण्डारी एमालेको भावि बन्ने भन्दै रुपमा चर्चा भइरहेको बेला दुई शिष नेताहरुबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपले हेरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*