नेपालमा हाइड्रोपावर बीमाका लागि नयाँ मोडेलमा जानुपर्छ: पूर्व अध्यक्ष केसी

४ असार २०८२, बुधबार १६:४१

काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष फत्त बहादुर केसीले नेपालमा हाइड्रोपावर क्षेत्रमा उपयुक्त बीमा मोडेल आवश्यक रहेको बताएका छन्।

नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैठौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले हाइड्रोपावरलगायतका क्षेत्रमा बीमाको प्रभावकारी व्यवस्था गर्न नियामक निकाय, बीमा कम्पनी र सम्बन्धित स्टेक होल्डरबीच आवश्यक समन्वय हुनुपर्नेमा जोड दिए।

‘यहाँ सबैले एक अर्कालाई दोष दिएर डिभोर्स गर्ने काम मात्र भएको छ’ केसीले भने, ‘अब सबै मिलेर लभ गर्ने तरिकाले अघि बढ्नुपर्छ।’

उनले बीमा हुने जोखिममा सरकार आफैंले पनि ‘सेल्फ इन्स्योरेन्स’ गर्ने व्यवस्था भए अझ प्रभावकारी हुने उल्लेख गरे। साथै, बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने राष्ट्र बैंकजस्ता नियामक निकायहरूसँग पनि समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*