एशियन हाइड्रोपावरको बिद्युत बिक्री आम्दानी साढे १३ करोड, यस्ता छन् प्रमुख वित्तीय सूचांक

काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले विद्युत बिक्री आम्दानी बृद्धि भएको छ ।
कम्पनीले गत आवको चौथो त्रैमाससम्म दुई करोड ८१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ करोड ८६ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ६४ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४.६९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ३ लाख रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीको प्रशासनिक खर्च एक करोड ३६ लाख रुपैयाँबाट घटेर १ करोड १२ लाख रुपैयाँमा सीमित बनेको छ। यस्तै कम्पनीको वित्त खर्चपनि १० करोड ८२ लाख रुपैयाँबाट घटेर ८ करोड ४६ लाख रुपैयाँमा सीमित बनेको छ ।
कम्पनीको चुक्तापूँजी ३४ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको रिजर्भको आकार ४ करोड ४७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड २० लाख र कुल चालु दायित्व १५ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.२८ रुपैयाँ ऋणात्मक, प्रतिशेयर नेटवर्थ ८६.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७४.७६ गुणा ऋणात्मक र तरलता अनुपात ०.८० प्रतिशत कायम भएको छ ।











