आज यी कम्पनी लगानीकर्ताको सर्वाधिक रोजाईमा

७ आश्विन २०८३, बुधबार १५:०३

काठमाडौं । आज बुधबार नेप्से परिसूचक ३६.२५ अंकले घटेर २६१८ विन्दुमा कायम भएको छ। आज २ करोड १६ लाख २२ हजार ७२८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यसदिन शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिष्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रो, सांग्रिला विकास बैंक, राधी विद्युत, लिवर्टी इनर्जी र सानिमा मिडल तमोर हाइड्रोपावरको शेयरमा लगानीकर्ता झुम्मिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*