वर्षदिनमा निर्जीवन बीमा कम्पनीको ब्यवसाय ४४ अर्ब, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले ४४ अर्बको ब्यवसायी गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१।०८२ मा निर्जीवन बीमा कम्पनीहरुले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँको ब्यवसायी गरेका हुन् ।
समीक्षा अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले वर्षदिनेको अवधिमा ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।
साथै, गत वर्ष सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ अर्ब २० लाख, सिद्धार्थ प्रिमियरको ४ अर्ब ३१ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४ अर्ब १० करोड, आइजिआई प्रुडेन्सियलको ३ अर्ब ८६ करोड, नेको इन्स्योरेन्सको ३ अर्ब २८ करोड रुपैयाँको ब्यवसाय रहेको छ ।
यता, एनएलजीको ३ अर्ब ६ करोड, युनाइटेड अजोडको २ अर्ब ७८ करोड, ,दि ओरिएन्टलको २ अर्ब ७० करोड, नेपाल इन्स्योरेन्सको २ अर्ब ३ करोड, राष्ट्रिय बीमा कम्पनीको १ अर्ब ३७ करोड, नेशनल इन्स्योरेन्सको १ अर्ब ६ करोड, प्रभु इन्स्योरेन्सको १ अर्ब ८६ करोडको ब्यवसाय रहेको छ ।














