बिन्ध्यवासिनी हाइड्रोको लोभलाग्दो सुधारः नाफा–बिद्युत विक्री आम्दानीसहितका सूचंकमा बृद्धि

२६ श्रावण २०८२, सोमबार ११:३९

काठमाडौं । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले ६ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २२।१२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीले विद्युत बिक्रीबाट ३८ करोड ८३ लाख आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट ३६ करोड ५३ लाख कमाएको थियो । कम्पनीले यो अवधिमा १ करोड ७९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीको प्रशासनिक खर्च ५ करोड ७९ लाख र मर्मत तथा सम्भार खर्च भने २ करोड १९ लाख रहेको छ । यस्तै कम्पनीको वित्त खर्च १३ करोड ३७ लाख रहेको छ । अघिल्लो आवमा भने वित्त खर्च १४ करोड १७ लाख रहेको थियो ।

१ अर्ब १२ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १० करोड ८ लाख र कुल चालु दायित्व ८ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ५.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.३७ रुपैयाँ,र तरलता अनुपात १.१७ गुणा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*