डिशहोमका ग्राहकलाई पोखराको लेक साइड रिट्रिटमा छूट

२६ श्रावण २०८२, सोमबार ११:४६

काठमाडौं । डिशहोमका ग्राहकले पोखराको लेक साइट रिट्रिटमा छूट पाउने भएका छन्।

डिशहोमले आइएमई हस्पिटालिटीद्वारा व्यवस्थापित लेक साइड रिट्रिटसँग गरेको सम्झौताअनुसार डिशहोमका सक्रिय ग्राहकले छूट पाउने भएका हुन्।

जसअनुसार डिशहोमका ग्राहकले लेक साइड रिट्रिटको आवासमा १५ प्रतिशत र फुड एण्ड बेभरेजमा १५ प्रतिशत छूट पाउनेछन्। यसमा लागि माई डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनु पर्नेछ।

पोखराको लेकसाइडमा रहेको लक साइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र आइएमई हस्पिटालिटीको ख्यातिप्राप्त अतिथि सत्कार प्रदान गर्ने डिशहोमले जनाएको छ। साथै आरामदायी बिदा वा विशेष खानाका लागि त्यहाँ जाँदा डिशहोमका ग्राकहले छूट पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*