सलिकोद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
२७ श्रावण २०८२, मंगलवार १७:५१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै मेडिकल क्लेम डिपार्टमेन्टमा कर्मचारी माग गरेको हो ।
कम्पनीले जेआर एसिस्टेन्ट र जेआर अफिसर लेभलसम्मको लागि कर्मचारी माग गरेको छ । कम्पनीले उक्त पदमा आवेदन दिनको लागि न्युनतम् स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने र जनरल इन्स्योरेन्सको मेडिकल क्लेम डिपार्टमेन्टमा ३–४ वर्ष काम गरेको अनुभव भएको हुनुपर्ने जनाएको छ ।
इच्छुक उम्मेद्वारले सूचना प्रकाशित मितिको सात दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको इमेलमार्फत आवेदन दिन सकिने कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।














