निजामती सेवा दिवसमा आयोजित प्रभातफेरी कार्यक्रम सम्पन्न (तस्विरहरु)
२२ भाद्र २०८२, आईतवार १०:१३

काठमाडौं । भदौ २२ गते अर्थात आइतबार आज निजामति सेवा दिवस रहेको छ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना दिवस मनाइरहेका छन् ।
सिंहदरबारबाट सुरु गरिएको निजामति कर्मचारीहरुको प्रभातफेरी कार्यक्रम भृकुटीमण्डपमा सम्पन्न भएको छ । प्रभातफेरी कार्यक्रममा काठमाडौं उपत्यकामा रहेको विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत् २०१२ भदौ २२ गतेको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिएको छ ।
(तस्विरहरु)


























