कुमारी बैंकको साधारणसभा असोज २८ गते, बुक क्लोज कहिले?

७ आश्विन २०८३, बुधबार ०९:३२

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २६औँ वार्षिक साधारण सभा असोज २८ गते आयोजना गर्ने भएको छ। बैंक सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले साधारण सभा गर्ने मिति, स्थान र समय तय गरेको हो।

बैंकका अनुसार साधारण सभा काठमाडौंको सुवर्णशमशेर सडकस्थित सिल्भर ओक ब्यान्क्वेट एन्ड इभेन्ट्समा बिहान ११ बजे सुरु हुनेछ। सभामा बैंकले प्रस्तावित लाभांशसहित विभिन्न विषयमा छलफल गरी निर्णय गर्नेछ।

साधारण सभा तथा प्रस्तावित लाभांश वितरणका लागि बैंकले असोज १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका शेयरधनी साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

बैंकको यसअघि भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरिसकेको छ। हाल बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*