चार समस्याग्रस्त सहकारीका १०५ बचतकर्ताको रकम फिर्ता
७ आश्विन २०८३, बुधबार १०:१७

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार समस्याग्रस्त सहकारीका १०५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समितिका अनुसार शिव शिखर सहकारीका ३५ जना, ओरियन्टल को–अपरेटिभका २ जना, तुलसी सहकारीका १३ जना र कान्तिपुर सहकारीका ५५ जना बचतकर्ताको रकम फिर्ता गरिएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम नै बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढिरहेको जनाएको छ।











