राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेबीच भेटवार्ता

७ आश्विन २०८३, बुधबार १२:००

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार समालिरहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो।

भेटमा समसामयिक विषयमा छलफल भएको थियो। बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गरेपछि उनको सिफारिसमा राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार अर्थमन्त्री डा.वाग्लेलाई तोकेका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार पनि उनलाई तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*