युक्रेनको राजधानी किभस्थित सरकारी भवनमाथि रूसी आक्रमण

२२ भाद्र २०८२, आईतवार १५:३७

काठमाडौं । रुसले पहिलो पटक युक्रेनको राजधानी किभस्थित मुख्य सरकारी भवनमाथि आक्रमण गरेको छ। युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै सरकारी भवनको छाना र माथिल्लो तलाहरूमा क्षति पुगेको बताएकी छन्।

किभका मेयर भिटाली क्लिच्कोका अनुसार, मध्य पेचेर्स्की जिल्लामा रहेको उक्त सरकारी भवनमा आगलागी भएको हो। उनले ड्रोन आक्रमणका कारण आगो लागेको बताउँदै अग्निनियन्त्रकहरू आगो निभाउने प्रयासमा जुटेको जानकारी दिएका छन्।

राजधानीका अन्य भागहरूमा पनि रूसी आक्रमण भएको छ। एउटा गोदाम, १६ तले आवासीय भवन र चारतले भवनलाई निशाना बनाइएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। राति भएको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रेहमा पनि रुसले आक्रमण तीव्र पारेको छ। बीबीसीका अनुसार, आइतबार बिहान किभमा थुप्रै विस्फोट भएका थिए, जसमा शहरको केन्द्रमा समेत एक ठूलो विस्फोट भएको थियो।

रुसले किभलाई ड्रोन मात्र नभई क्रुज मिसाइलले समेत निशाना बनाएको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*