नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हावी: वर्षमान पुन

२२ भाद्र २०८२, आईतवार १७:५८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उप–महासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हाबी भएको बताएका छन्।

नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बागलुङले आज आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीमा नेता पुनले समाजवादी अर्थतन्त्र हाम्रो लक्ष्य भए पनि वर्तमान अवस्थामा अर्थतन्त्र बिचौलियाको नियन्त्रणमा पुगेको स्पष्ट पारे।

उनले खुला प्रतिस्पर्धात्मक अर्थतन्त्रमा एकाधिकार बढ्दा नियामक निकाय सिर्जना भएको र अर्थतन्त्रमा दलाल प्रवृत्ति हाबी भएको बताए।

‘बिचौलियाले पार्टी खोलेर देश चलाउने अडान लिन थालेका छन्। उनीहरू भन्छन्, हामी सरकार बनाउँछौँ, प्रधानमन्त्री बनेर देश चलाउँछौँ,’ उनले भने। ‘उदारवाद पछि पुँजीवादी अर्थतन्त्र हुँदै बिचौलिया पुँजीवादी अर्थतन्त्र आएको छ। तर हामीले चाहेको भनेको पुँजीवादी समाजवाद हो।’

नेता पुनले यो अवस्थालाई ध्यानमा राख्दै परिवर्तनकारी राजनीतिक शक्तिले आफूलाई परिमार्जन गर्दै अगाडि बढाउनुको विकल्प नभएको धारणा व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*