बिहिबार सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?

२ आश्विन २०८२, बिहीबार १०:३४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख १६ हजार १०० रुपैयाँमा किनबेच भइरहेको थियो ।

यता, चाँदी मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला दुई हजार ५२० रुपैयाँ पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*