प्रहरीको गोली युवकको मुटुमै, मनमोहन कार्डियो भास्कुलरमा गरियो सफल शल्यक्रिया
२ आश्विन २०८२, बिहीबार १४:२६

काठमाडौं । गत साताको भदौ २४ गतेको आन्दोलनमा परेर मुटुमा गोली लागेका एक घाइतेको त्रिवि मनमोहन सेन्टरमा सफल शल्यक्रिया भएको छ।
पर्वत घर भएका एक युवकको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मुटुको शल्यक्रियापछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १५ भन्दा धेरैको अपरेशन गरिएको भए पनि ती युवकको जटिल अपरेशन रहेको सेन्टरका कार्डियो थोरासिक भास्कुलर सर्जरीका प्रमुख समेत डा अनिल भट्टराइले बताए।













