अर्थमन्त्रालयको पत्र प्राधिकरणमा पुगेपछि पनि रोकिएन ओझाको जबरजस्तीपन

काठमाडौं। मगलबार अर्थमन्त्रालयलाई कुनै जानकारी नलिई अदालतको पत्रको आधारमा कार्यालय बन्द भएपछि बीमा प्राधिकरणमा पुगेका शरद ओझलाई तत्काल हाजिर नगराउन प्राधिकरणलाई सुझाव दिइसकेको छ ।
सो पश्चात् पनि पत्र खोज्नु समय लाग्ने भन्दै आजको कामकारवाही गर्न लागिएको बुझिएको छ । उनले आज कार्यालय समय सकेर मात्रै घर जाने तरखर गरिएको बुझिएको छ ।
कार्ययोग्यताको नक्कली कागजात बुझाएर बीमा प्राधिकरणबाट बर्खास्त भएका ओझाले मन्त्रालयलाई कुनै जानकारी नदिई मंगलबार साँझ हाजिर गराउन पुगेको ओझाले बिहिबार बिहानै अर्थमन्त्रालयका सहसचिव सेवन्त पोखरेलको तस्वीर र वेवसाइटमा अझै रहेको भन्दै रुष्ट हुँदै कर्मचारीलाई गाली समेत गरेका थिए ।
अर्थमन्त्रालयमा बीमा प्राधिकरणका कार्यकारी निर्देशकले सुशीलदेव सुवेदीले कुन आधारमा ओझालाई हाजिरी गर्न दिइएको र गाडि लिन पठाएको भन्दै मन्त्रालयमा चर्को आलोचना भएको थियो ।
आज अर्थमन्त्रालयले विभिन्न प्रश्नकोे साथ उनको दैनिक काम कारवाही तत्कालका लागि रोक्न निर्देशन समेत दिइएको छ ।
आज नै ओझाले सिईओहरुलाई डाकेर बस्नै नपर्ने बैठक बसेको भन्दै चर्को आलोचना भएपछि यस बिषयमा अर्थमन्त्रीले पनि ध्यानकर्षण जनाएको छ ।
यसअघि आरजु राणा देउवाको आडमा प्रधानमन्त्री कार्यालयलाई समेत अटेर गर्दै आएका ओझा अहिले पनि अर्थमन्त्रालयलाई कुनै जानकारी नदिई जबरदस्ती दैनिक काम कारवाहीमा लागेका छन् ।
बीमापोष्टले उक्त पत्रको बिषयमा प्राधिकरणलाई सोध्दा पत्र आएको खोज्दै छु, भन्ने जानकारी एक उच्च तहका कर्मचारीले बताएका छन् ।













