देशभर क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्टको सामाजिक उत्तरदायित्व

२ आश्विन २०८२, बिहीबार १५:५२

काठमाडौं । काठमाडौंमा हालैको आन्दोलनका क्रममा देशभरि भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। यस्तो चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रिय पुनर्निर्माणमा योगदान दिने उद्देश्यसहित ओम शिवम पाइप्स एण्ड फिटिङ्स र मेरीगोल्ड फर्निचर अन्तर्गत सञ्चालन हुने लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले ऐतिहासिक निर्णय गरेको छ।

कम्पनीले आगामी तीन महिनासम्म आफ्नो कुल बिक्री रकमको १ प्रतिशत राष्ट्र पुनर्निर्माणमा समर्पण गर्ने घोषणा गरेको छ। यस कदमलाई कम्पनीले राष्ट्रिय उत्तरदायित्व र ऐतिहासिक योगदानको रूपमा लिएको जनाएको छ।

कम्पनीका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुले भने, ‘यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो। हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं। यही हाम्रो दायित्व र प्रतिबद्धता हो।’

कम्पनीले हाम्रा संरचना हामी आफैं बनाउँछौं भन्ने नेपालको राष्ट्रिय नारालाई आत्मसात गर्दै, आफ्नो उत्पादन बिक्रीबाट प्राप्त रकमको एक अंश क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा खर्च गर्न लाग्ने जनाएको छ। यस मार्फत देशभर आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलाउने कम्पनीको विश्वास छ।

निकट भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारीमा रहेको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले यस ऐतिहासिक कदममार्फत आफ्नो सामाजिक उत्तरदायित्व अझ सशक्त बनाउने लक्ष्य राखेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*