आज संविधान दिवस सामान्य रूपमा मनाइँदै

३ आश्विन २०८२, शुक्रबार ०७:१०

काठमाडौं । आज असोज ३ गते संविधान दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान साढे ८ बजे सैनिक मञ्च टुँडिखेलमा कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रमलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्।

अहिलेको राजनीतिक परिस्थितिका कारण संविधान दिवस सामान्य रूपमा मनाइँने भएको छ। आजभन्दा १० वर्षअघि ‘नेपालको संविधान, २०७२’ जारी भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*