दशैँ–तिहारमा टाटा जेन्युइन पार्ट्सको मेला: क्यासब्याक र बम्पर उपहारसहित उत्कृष्ट अफर

३ आश्विन २०८२, शुक्रबार १५:२६

काठमाडौं। टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैँ, तिहार र छठ पर्वको अवसरमा विशेष योजना ल्याएको छ।

नेपालको सवारीसाधन बजारमा टाटा जेन्युइन पार्ट्स व्यावसायिक सवारी प्रयोगकर्ताहरूको विश्वसनीय विकल्पको रूपमा स्थापित हुँदै आएको छ। यस विश्वासलाई अझ मजबुत बनाउन कम्पनीले हरेक खरिदमा विशेष उपहार र आकर्षक पुरस्कार पाउने अफर सार्वजनिक गरेको हो।

यस पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला कार्यक्रममा सहभागी ग्राहकहरूले हरेक खरिदमा ग्यारेन्टीसहित रु। १,००० सम्मका क्यासब्याक कुपन प्राप्त गर्नेछन्। साथै लक्की ड्रमार्फत बम्पर उपहारसहित स्मार्टफोन, स्मार्ट टिभी, टिभिएस स्कुटर र बजाज पल्सरजस्ता विभिन्न पुरस्कार जित्ने मौका पनि प्राप्त हुनेछ।

यस्तै, १ लाखभन्दा बढीको खरिदमा १५० सिसिको बजाज पल्सर, ७५ हजारभन्दा बढीको खरिदमा १२५ सिसिको टिभिएस स्कुटर, २५ हजारभन्दा बढीको खरिदमा स्मार्ट टिभी र ५ हजारभन्दा बढीको खरिदमा स्मार्टफोन जित्न सकिने व्यवस्था गरिएको छ।

टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेक, क्लच जस्ता महत्वपूर्ण अङ्गहरूलाई दिगो संरक्षण गर्ने मात्र नभई मर्मत खर्चमा बचत गर्दै गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउने सुनिश्चित गर्दछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*