आधा दर्जन जहाज आकाशमै होल्ड
८ आश्विन २०८२, बुधबार १५:५६

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब आधा दर्जन जहाज आकाशमै होल्डमा छन्। काठमाडौंको खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडानका केही जहाज विमानस्थलमा अवतरण गर्न असफल भएका हुन्।
भिटिबिलिटी कम भएका कारण जहाजहरूले आकाशमै फन्को मार्नुपरेको हो। हाल काठमाडौँमा भारी वर्षा भइरहेको छ र मौसमको अवस्था अझै केही घण्टासम्म स्थिर नहुने देखिन्छ। विमानस्थलले यात्रुलाई उडानमा ढिलाइ हुने बारे जानकारी गराएको छ।














