प्रदेश संरचना खारेज हुँदैन: अर्थमन्त्री खनाल

८ आश्विन २०८२, बुधबार १७:२८

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उनले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भइरहेकाले प्रदेश खारेज गर्ने सोच नै नभएको बताए।

एक प्रश्नको जवाफमा मन्त्री खनालले हालको अवस्थामा १ हजार र ५ सय रुपैयाँका नोट प्रतिबन्ध लगाउनेबारे कुनै छलफल नै नभएको जानकारी दिएका छन्।

यसैगरी, भारत सरकारले लागू गरेको एकीकृत कर ‘गुड्स सेल्स ट्याक्स’ को असरबारे अध्ययन भइरहेको उल्लेख गर्दै उनले उद्योग व्यवसाय र औद्योगिक प्रतिष्ठानमा क्षति पुग्ने अवस्था देखिए आवश्यक सुधार गरिने बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*