यात्रा गर्नुअघि हेर्नुहोस् आज राजमार्गको अवस्था
९ आश्विन २०८२, बिहीबार ०८:५०

काठमाडौं । नेपाल प्रहरीका अनुसार आज ४ वटा राजमार्ग बाढी, पहिरो र अविरल वर्षाका कारण पूर्ण रूपमा अवरोध रहेको छ।
कोशी राजमार्ग, नेपाल र चीन नाका जोड्ने पुल, नारायणगढ–मुग्लिन सडकखण्ड र मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरोध रहेको छ।
यता गल्छी त्रिशूलीदेखि मैलुङ स्याफ्रु सडक, कालीगण्डकी करीडोर र पूर्व–पश्चिम राजमार्ग भने एकतर्फी सुचारु गरिएको प्रहरीले जानकारी दिएको छ।














