लाभांश पारित गर्न सानिमा क्यापिटलले बोलायो साधारणसभा
९ आश्विन २०८२, बिहीबार १०:१०

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले लाभांश पारित गर्न असोज ३० गते आफ्नै रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे सभा बोलाएको छ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफा र संचित रकमबाट शेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ।
यसका साथै गत आवको वित्तीय विवरणहरू स्वीकृति गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।











