दुई महिनामा निर्जीवन बीमा कम्पनीको ब्यवसाय ८ अर्ब १२ करोड, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा निर्जीवन बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीले ८ अर्बमाथिको कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा १४ निर्जीवन बीमा कम्पनीहरुले ८ अर्ब १२ करोड ८१ लाख ८६ हजार रुपैयाँको ब्यवसाय गरेका हुन् ।
सबैभन्दा धेरै सगरमाथा लुम्बिनीले ८९ करोढ ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने दोस्रोमा शिखर इन्योरेन्सले ८४ करोड ८२ लाख रुपैयाँ र तेस्रोमा सिद्धार्थ प्रिमियरले ७७ करोड ३३ लाख लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
समिक्षा अवधिमा, हिमालयन एभरेष्टले ७१ करोड १७ लाख, एनएलजि इन्स्योरेन्सले ६८ करोड ७५ लाख, आइजिआई प्रिडेन्सियले ६२ करोड ९१ लाख, दि ओरिएन्टल इन्स्योरेन्सले ५९ करोड ५० लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ५८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।














