कोशी राजमार्ग र नेपाल–चीन नाका जोड्ने पुल अवरुद्ध
१० आश्विन २०८२, शुक्रबार ०९:०१

काठमाडौं । नेपाल प्रहरीका अनुसार आज बिहानसम्म कोशी राजमार्ग र नेपाल–चीन नाका जोड्ने पुल अविरल वर्षा र बाढीका कारण अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार कोशी राजमार्ग भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध छ।
यता रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा रहेको नेपाल र चीन नाका जोड्ने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।














