आज र भोलि हुने भनिएको अभिकर्ता परीक्षा स्थगित

१९ आश्विन २०८२, आईतवार १४:४१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज र भोलि अर्थात आइतबार र सोमबारको लागि निर्धारित गरेको अभिकर्ता परीक्षा स्थगित गरेको छ । अविरण वर्षाका कारण मानविय क्षति समेत हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले उक्त परीक्षा स्थगित गरेको हो ।

नेपाल बीमा प्राधिकरणले एक सार्वजनिक सूचना जारी गरेर अभिकर्ता परीक्षा सञ्चालन हुन नसक्ने जानकारी दिएको छ । सरकारले समेत अत्यावश्यक बाहेक अन्य रुपमा देशभर सार्वजनिक बिदा दिएको छ ।

बीमा प्राधिकरणका अनुसार स्थगित भएका उक्त परीक्षाहरु आगामी दिनमा नयाँ तालिका प्रकाशित गरेर परीक्षा सञ्चालन गरिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*