प्रभु महालक्ष्मी लाइफको नाफामा आकर्षक वृद्धि, पहिलो त्रैमासमा व्यवसाय वृद्धिदर कस्तो ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफले चालु आर्थिकको पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको छ।चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ९ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्ष २०८२र८३ को सोही अवधिको तुलनामा ४५।८९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको व्यवसाय वृद्धिदर पनि उत्साहजनक देखिएको छ। असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ८८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ९१ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ० तुलनामा ३०।२५ प्रतिशतको वृद्धि हो। यस्तै, खुद बीमाशुल्क आर्जन पनि ३०।३० प्रतिशतले बढेर १ अर्ब ८१ करोड ६ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको जीवन बीमा कोष ३२।८१ प्रतिशतले बढेर १९ अर्ब ७१ करोड ८६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यतिखेर जीवन बीमा कोषमा १४ अर्ब ८४ करोड ६८ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको वित्तीय अवस्था र सूचक:
चुक्ता पुँजी:५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ
रिटेन्ड अर्निङ:५१ करोड ७० लाख रुपैयाँ
महाविपत्ति कोष: १५ करोड ८३ लाख रुपैयाँ
अन्य इक्विटी: ३७ करोड ६१ लाख रुपैयाँ शेयर प्रिमियमस् १ करोड ९३ लाख रुपैयाँ
अघिल्लो वर्ष ४।८१ रुपैयाँ रहेको ईपीएस बढेर ७।०१ रुपैयाँ कायम भएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १२०।१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९एरभ् च्बतष्य० ६१।३४ गुणा रहेको छ।











