सूर्यज्योति लाइफको नाफा १० करोड २९ लाख: जीवन बीमा कोष ५४ अर्ब नाघ्यो, अधिकांश वित्तीय सूचकमा सुधार

२० कार्तिक २०८३, शुक्रबार ०९:१७

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा अधिकांश वित्तीय सूचकमा सकारात्मक प्रगति गरेको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कोष, खुद बीमाशुल्क आर्जन, कुल आम्दानी तथा लगानी र कर्जाबाट प्राप्त आम्दानीलगायतका सूचकमा उल्लेख्य वृद्धि भएको हो।

कम्पनीको जीवन बीमा कोष २३.७४ प्रतिशतले वृद्धि भई ५४ अर्ब २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको असोज मसान्तसम्म यस्तो कोष ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै, खुद आर्जित बीमाशुल्क २१.२८ प्रतिशतले बढेर तीन अर्ब ५४ करोड आठ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले दुई अर्ब ९१ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

लगानी तथा कर्जाबाट प्राप्त आम्दानी पनि ५.८३ प्रतिशतले वृद्धि भई ९४ करोड ३६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल आम्दानी १७.५५ प्रतिशतले बढेर चार अर्ब ६४ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १९.१८ प्रतिशतले वृद्धि भई चार अर्ब ४९ करोड ९४ लाख रुपैयाँ कायम भएको छ।

यसैगरी, विपत्ति कोष २.०९ प्रतिशत र जगेडा तथा सञ्चित आम्दानी ११.७८ प्रतिशतले बढेको छ। कम्पनीको कुल दाबी भुक्तानी २०.९३ प्रतिशतले वृद्धि भई तीन अर्ब ५७ करोड सात लाख रुपैयाँ पुगेको छ भने अभिकर्ता कमिसन खर्च ३२.०७ प्रतिशतले बढेर २८ करोड ८४ लाख रुपैयाँ पुगेको छ।

यता, कम्पनीको खुद नाफा भने गत वर्षको सोही अवधिको तुलनामा १५.९५ प्रतिशतले घटेर १० करोड २९ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। त्यस्तै, प्रतिसेयर आम्दानी (ईपीएस) ९.७८ रुपैयाँबाट घटेर ८.२२ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*