रसुवा बाढीः बैंकका नौं शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त हुँदासम्म राष्ट्र बैंक मौन

१० भाद्र २०८३, बुधबार १६:१३

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण विभिन्न वाणिज्य बैंकका नौं वटा शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट बैंकिङ क्षेत्र प्रभावित भए पनि बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक भने हालसम्म मौन देखिएको छ ।

यता बैंक तथा वित्तिय संस्थाका कर्मचारी सम्र्पकविपिहनदेखि शाखा पूर्णरूपमा क्षतिग्रस्त हुँदासम्म राष्ट्र बैंक सक्रिय नहुनुलाई अर्थविद्हरुले वेवास्ता गरेको रुपमा हेरेका छन् ।

बाढीपछि नेपाल बैंकर्स एसोसिएसनले प्रभावित बैंकका शाखा तथा कर्मचारीको अवस्थाबारे जानकारी संकलन गर्न सक्रियता बढाएको छ । एसोसिएसनका अनुसार प्रारम्भिक सोधपुछबाट हालसम्म नौं वटा बैंक शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बैंकमार्फत अपडेट लिईरहेको तत्काल कतिपय अवस्थामा बैंकका कर्मचारीहरु सम्र्पकमा नरहेको खबरले पार्न सक्ने प्रभावको कारण हाल कुनै ठोस निर्णय नगरिएको बताँउछन् ।

तिब्बततर्फबाट आएको बाढी भोटेकोसी नदीमा मिसिएपछि नदी आसपासका बजार क्षेत्रमा ठूलो क्षति पुगेको थियो । सोही क्रममा बजार क्षेत्रमा सञ्चालनमा रहेका बैंकका शाखा कार्यालयसमेत बाढीको चपेटामा परेका हुन् ।

बाढी प्रभावित क्षेत्रमा रहेका बैंकका कर्मचारीसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको एसोसिएसनले जनाएको छ । कर्मचारीहरूको अवस्थाबारे जानकारी लिने क्रम जारी रहेकाले क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको बताइएको छ ।

बाढीबाट बैंकका शाखा, पूर्वाधार तथा सेवा प्रभावित भइरहँदा नेपाल राष्ट्र बैंकबाट भने हालसम्म सार्वजनिक रूपमा कुनै ठोस निर्देशन वा राहत तथा सेवा पुनःस्थापनासम्बन्धी पहल देखिएको छैन ।

विपद्को समयमा बैंकिङ सेवा निरन्तरता, प्रभावित शाखाको वैकल्पिक व्यवस्था, कर्मचारीको सुरक्षा तथा ग्राहकलाई सहज सेवा उपलब्ध गराउने विषयमा राष्ट्र बैंकको भूमिका महत्वपूर्ण हुने भएकाले अब नियामक निकायले पनि तत्काल सक्रियता देखाउनुपर्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*