कृषि बीमासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

१८ कार्तिक २०८३, बुधबार १४:२६

काठमाडौं । कृषि बीमाको प्रभावकारिता बढाउने तथा यससम्बन्धी नीतिगत र व्यावहारिक विषयमा सरोकारवालालाई जानकारी गराउने उद्देश्यले आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

२०८३ कात्तिक १३ गते नेपाल सरकारको कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाको कृषि कर्जा, बीमा तथा विपद् व्यवस्थापन शाखाले कार्यक्रम आयोजना गरेको हो।

मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय तथा सुदूरपश्चिम प्रदेश कार्यालयका प्रतिनिधिहरू पनि सहभागी भएका थिए।

कार्यक्रममा कृषि बीमासँग सम्बन्धित विषयमा अभिमुखीकरण तथा छलफल गरिएको थियो। कृषि क्षेत्रमा हुने जोखिम न्यूनीकरण र किसानलाई बीमाको पहुँचमा ल्याउन कृषि बीमाको भूमिका महत्त्वपूर्ण रहने भएकाले यस्ता कार्यक्रमले यससम्बन्धी जानकारी र समन्वय विस्तारमा सहयोग पुग्ने शाखाले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*