प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख

२३ भाद्र २०८३, मंगलवार १८:४९

काठमाडौँ । भदौ २३, २०८३ (८ सेप्टेम्बर) साँझ ५:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका ९ वटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख र २ वटा डलर खातामा २,११,०८,४७१ अमेरिकी डलर मौज्दात रहेको छ। डलरलाई १५०.८८ का दरले रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख पुगेको छ।

रसुवा–भोटेकोशी बाढीपछिको कुल सङ्कलन ७ अर्ब ६८ करोड ४४ लाख र २,०५,२२,४२३ अमेरिकी डलर पुगेको छ, जुन विपद्अघिको रु. २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको रकम हो। भदौ २३ गते एकै दिन रु. ३० करोड ६२ लाख र १,१२,०३२ अमेरिकी डलर प्राप्त भएको छ। राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब हस्तान्तरण गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*